२८ फागुन २०७९, आइतबार  
७ जेठ २०८१, सोमबार  

प्रज्ञा प्रतिष्ठान गठन गर्ने प्रदेश २ को तयारी

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विभिन्न भाषाको अध्ययन र अनुसन्धान गर्नको लागि प्रदेश सरकारले प्रज्ञा प्रतिष्ठान गठन गर्न लागेको बताएका छन् । 

भारतीय महावाणिज्य दूतावास वीरगञ्जले विश्व हिन्दी दिवसको अवसरमा आइतबार जनकपुरधाममा आयोजना गरेको ‘नेपाल और भारतके सांस्कृतिक सम्बन्ध मे हिन्दी का योगदान’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले भाषा र संस्कृतिको रक्षा गर्ने दायित्व प्रदेश सरकारको रहेकोले त्यसको लागि प्रतिष्ठान गठन गर्न लागेको बताए । उनले हिन्दी भाषाले नेपाल र भारतबीच सांस्कृतिक सम्बन्धलाई बलियो बनाएको बताए ।

हिन्दी भाषा दुवै देशका लागि बोल्न र बुझन सजिलो भएकाले दुबै देशका आम नागरिकबीच सम्बन्ध स्थापित गर्न सहज हुने गरेको उनले बताए ।

Advertisement
Ad 1
Ad 2
Ad 3

नेपालका पूर्वदेखि पश्चिमलाई जोड्ने काम पनि हिन्दी भाषाले गरिरहेको मुख्यमन्त्री राउतको भनाइ थियो । डा. आशा सिन्हाको अध्यक्षतामा भएको गोष्ठीमा सामाजिक विकास मन्त्री नवल किशोर साह, विरगंजका महावाणिज्यदूत नितेश कुमार लगायतले मन्तव्य राखेका थिए । 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

नयाँ अपडेट

ट्रेन्डिङ