२८ फागुन २०७९, आइतबार  
७ जेठ २०८१, सोमबार  

केकीले प्रेमी रोहितसँग गरिन् विवाह

फेसबुकमा आफ्नो विवाहको फोटोहरु सार्वजनिक गर्दै अधिकारीले लेखेकी छन्, ‘आजका दिनसम्म मलाई कलाकारको रुपमा दिनुभएको माया, सद्भाव र समर्थनप्रति हार्दिक आभारी छु । कलाकारका रुपमा मेरा हरेक उतार चढावको साक्षी बन्नु भएकोमा मेरा प्रिय दर्शकसँग मेरो विवाहको शुभ समाचार बाँढ्न पाउँदा अत्यन्तै हर्षित छु । जीवनको नयाँ अध्याय सुरु गर्दै गर्दा म र मेरो जीवन साथीले उपहार स्वरुप यहाँहरुको आशिर्वादको अपेक्षा गरेका छौं । यहाँहरुको माया, साथ र सद्भाव हामी प्रति सदैव कायम रहने कुरामा हामी विश्वस्त छौं ।’

निकै गोप्य रुपमा केकी र रोहितले बुधबार मेहेन्दी उत्सव गरेका थिए । एक वर्षदेखिको प्रेमलाई उनीहरुले बिहेमा परिणत गरेका हुन् । बुधबार नै उनीहरुबीच बिहे भएको हल्ला चलेको थियो । तर हल्लालाई गलत प्रमाणित गर्दै उनीहरुले मेहेन्दीको तस्वीर सार्वजनिक गरेका थिए ।

केकी फिल्म र टेलिभिजन रियालिटी शोहरुमा व्यस्त छिन् भने रोहित हाम्रोबजार डटकमका सीईओ हुन् । उनले व्यवसायी रोहितसँग परिवारका सदस्यहरु, आफन्तहरु तथा निकट साथीहरुको उपस्थितिमा वीच लगनगाँठो कसेकी हुन् । उनी रोहितसँग १ वर्ष अघिदेखि प्रेम सम्बन्धमा भएको बुझिएको छ ।

Advertisement
Ad 1
Ad 2
Ad 3

रोहित हाम्रो बजार डटकमका सीइओ तथा फुडमारियोका सह-संस्थापक तथा सीइओ हुन् । उनी पेशाले इन्जिनियर भएको पनि सामाजिक संजाल लिंकेडिनमा उनको प्रोफाइल हेर्दा थाहा भएको छ । उनले नेपाल इन्जिनियरिङ कलेज, चाँगुनारायण भक्तपुरवाट इलेक्टोनिक्स एण्ड कम्युनिकेशनमा इन्जिनियरिङ अध्ययन गरेका हुन् ।

विवाहका फोटोहरु सामाजिक संजाल फेसबुकमा पोष्ट गर्दै लेखेकी छन्, ‘आजका दिनसम्म मलाई कलाकारको रूपमा दिनु भएको माया, सद्भाव र समर्थन प्रति हार्दिक आभारी छु । मेरा हरेक उतार चढावको साक्षी बन्नु भएका मेरा प्रिय दर्शकहरुसॅंग मेरो विवाहको शुभ समाचार बाढ्न पाउँदा अत्यन्तै हर्षित छु । जीवनको नँया अध्याय सुरू गर्दै गर्दा म र मेरो जिवनसाथीले उपहार स्वरूव यहाहरूको आशिर्वादको अपेक्षा गरेका छौँ । यहाँहरूको माया, साथ र सद्भाव हामी प्रति सदैव कायम रहने कुरामा हामी विस्वस्त छौँ। -केकी /रोहित’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

नयाँ अपडेट

ट्रेन्डिङ